माल्दिभ्समा व्यावसायिक फुटबल खेल्दै किरण

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले माल्दिभ्समा व्यावसायिक फुटबलका खेल्न लाग्नुभएको छ । किरण शनिबार माल्दिभ्सको शीर्ष डिभिजन क्लब माजिया स्पोर्ट्स एन्ड रिक्रिएसनमा अनुबन्ध हुनुभएको हो ।

उहाँले माल्दिभ्सको क्लबसँग एक सिजनका लागि सम्झौता गर्नुभएको छ । किरणले यसअघि माल्दिभ्सकै टिसी स्पोर्ट्सबाट व्यावसायिक फुटबल खेल्नुभएको थियो । किरणको टोलीले लिग च्याम्पियन नै बनेको थियो । लिगमा किरण उत्कृष्ट गोलरक्षक समेत घोषित हुनुभएको थियो ।

किरणले गत सिजन भारतको राउन्डग्लास पन्जाब क्लबबाट व्यावसायिक खेल खेल्नुभयो । त्यसअघि उहाँले भारतकै मिनेर्भा पन्जाबबाट आइलिग जित्नुभएको थियो । मिनेर्भाले आइलिग जित्दा पनि किरण उत्कृष्ट गोलरक्षक बन्नुभएको थियो ।


ताजा खबर