दिपक र दीपा एभरेष्ट ग्यास संसारकाे ब्रान्ड एम्बेसडर

एभरेष्ट ग्यास संसारले चर्चित जोडी दीपकराज गिरी र दीपाश्री निरौलालाई आधिकारिक रूपमा ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको घोषणा गरेको छ। हयात प्लेस होटल काठमाण्डौंमा आयोजित एक समारोहबीच मिडिया र सार्वजनिक व्यक्तित्वहरूको उपस्थितिमा साे घोषणा गरिएको थियो।

एभरेष्ट ग्यास संसार नेपालको पुरानो र ठूलो ग्यास उद्योग समुह हो जसको एभरेष्ट (काठमाण्डौ), त्रिशूल (भैरहवा) ,कामाख्य (सुनसरी), प्रिमा(सुनसरी), साहारा (हेटौडा), सैपाल (कैलाली) र सुगम (धादिङ्ग) ग्यासगरी जम्मा ७ वटा ग्यास ब्राण्डहरू एउटै छाता मुनि छन्। यी सबै ब्राण्डहरुका करिब २० लाख सिलिण्डरले लाखौं नेपालीको भान्सामा साथ पाएको छ, साथै बिश्वास जित्न समेत सफल भएको कम्पनीले जनाएकाे छ । करिब ३००० डिलरहरुको सञ्जाल माफर्त एभरेष्ट ग्यास संसारले नेपालको कुना–कुनामा सेवा प्रदान गर्दै आएको छ । ३०वर्ष भन्दा बढीको अनुभवको साथ समर्थित, यसको परिष्कृत र अत्याधुनिक उपकरणहरुले प्रत्येक उत्पादन र गुणस्तर मापदण्डहरूको पालना गर्दछ । त्यसैले एभरेष्ट ग्यास संसारले अत्यधिक सुरक्षा र विश्वसनीयताको आश्वासन दिने जनाइएकाे छ।

नेपालको ग्यास बजारबारे सञ्चारकर्मीसँग कुरा गर्दै एभरेष्ट ग्यास संसारका अध्यक्ष शिव प्रसाद घिमिरेले चिन्ता व्यक्त गर्दै भने,’नेपालको ग्यास बजारमा केहि अब्यवस्थित छ। कुनै पनि समयमा कुनै पनि सिलिन्डरको उपलब्धता नहुन सक्छ । तथापि उपभोक्ताले एउटा ब्राण्डबाट अर्को ब्राण्डको सिलिण्डर परिवर्तन गर्दा अतिरिक्त शुल्क तिर्नु पर्ने बाध्यता रहेको छ । तसर्थ एभरेष्ट ग्यास संसार मार्फत ७ वटा ब्राण्डहरुलाई एउटै छानामुनि ल्याएर उपभोक्तालाई केहि सहज गर्ने प्रयास गरेका छौं । यो आश्वासन मात्र होइन हाम्रो ब्रान्डको प्रतिबद्धता पनि हो।’

दीपक र दीपाको जोडी छनोट गर्नुको कारण बताउँदै अध्यक्ष घिमिरेले भने, ‘एभरेष्ट ग्यास भनेको धर्म, जात, वर्गको भेदभाव नगरी जनताको ब्राण्ड हो । त्यसकारण हामी सामूहिक अपील भएको व्यक्तिसँग जोडिन चाहन्थ्यौं। त्यसैले, दीपा र दीपक हाम्रो स्पष्ट पहिलो रोजाइ थिए। दीपा र दीपकको नेपाली जनतासँग विशेष सम्बन्ध छ र सबैजस्तै म पनि उनीहरुको काम र व्यक्तित्वको ठूलो फ्यान हुँ।

दुवै ब्राण्ड एम्बेसडरले नेपालको प्रसिद एलपीजी ग्यास समूह सँग परिवारको सदस्यको रूपमा जोडिए पछि खुशी व्यक्त गरेका छन्।


ताजा खबर