नेपाली कांग्रेसको प्रादेशिक अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको १४औं महाधिवेशनको अन्तर्गत प्रादेशिक अधिवेशन सम्पन्न जिल्लाहरुको मतपरिणाम आउने क्रम जारी छ ।

अधिवेशन शुरु भएका ६० जिल्ला मध्ये १४ जिल्लाको अन्तिम परिणाम आएको छ । अर्घाखाँची, पाल्पा, नुवाकोट, इलाम ,झापा, चितवन, स्याङ्जा लगायतका १४ जिल्लाको प्रदेशिक अधिवेशनको अन्तिम परिणाम आएको हो ।

बाँकी जिल्लाहरुमा भने मतगणना जारी छ भने केही जिल्लामा हिजो मात्र निर्वाचन भएको नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितिले जनाएको छ । कतिपय जिल्लामा भने सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

संघिय संरचनामा मुलुक गएपछि पहिलो पटक ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ कार्यसमिति चयन हुन लागेका हुन ।

यसअघि कांग्रेसले स्थानीय तहमा निर्देशिका बनाएर सहमतिमा प्रदेश सभा क्षेत्रीय कार्यसमिति चयन गरेको थियो । प्रदेश सभा क्षेत्रीय अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधिसमेत चयन गर्नेछ ।-रासस


ताजा खबर