हरिदेवी कोइरालालाई क्षेत्रप्रताप साहित्य पुरस्कार

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्र प्रताप साहित्य स्मृति पुरस्कार–२०६८ उत्कृष्ट लोकदोहोरी गायिका एवं प्राज्ञ परिषद सदस्य हरिदेवी कोइरालालाई प्रदान गरिने भएको छ ।

पुरस्कार मूल्याङ्कन छनोट संयोजक डिल्लीराम मिश्र श्रमजीवी, सदस्य एवं मञ्चका अध्यक्ष आकाश अधिकारी, कवि क्षेत्रप्रतापका सुपुुत्र एवं पुरस्कारदाता अमनप्रताप अधिकारी, मञ्चका सल्लाहकार तथा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले महेश, पदेन सदस्य डा. वासुदेव त्रिपाठीले पुरस्कारको लागि कोइरालालाई छनोट गरेको हो ।

विगत चार दशकभन्दा बढी समयदेखि नेपाली नेपाली मौलिक लोक गीत, सङगित, लोकसंस्कृति एवं लोक साहित्य लेखन क्षेत्रमा पु¥याएको विशिष्ट योगदान कदरस्वरुप उनलाई सम्मान गर्ने निर्णय भएको मञ्च सचिव दिवाकर भट्टराईले जानकारी दिनुभयो ।

नारीको पीडाबोधलाई सम्बोधन गर्दै उनीहरुको उन्नति र प्रगतिको पक्षमा आफ्नो सुन्दर लेखन क्षेत्रमा पु¥याएको विशिष्ट योगदानको कदरस्वरुप गायिका कोइरालालाई सम्मान गर्ने निर्णय भएको मञ्चले जनाएको छ ।

आफ्नो सुन्दर लेखन र गायन सिर्जनाद्धारा धेरैभन्दा धेरै उत्तम कार्यहरु पूरा गरेको उल्लेख गर्दै मञ्चले नेपाली गायन क्षेत्रका कोइरालाको गला र कलाको सुन्दरतम संयोजन भएको उल्लेख गरेको छ । यसअघि उक्त पुरस्कारबाट डिल्लीराम मिश्र, मोहन दुवाल, रत्नशमसेर थापा र डा. वासुदेव त्रिपाठी सम्मानित भैसक्नुभयो ।

यसैगरी, मञ्चले गीतल राष्ट्रिय पुरस्कार २०७७ बाट कवि प्रोल्लास सिन्धुलिय र २०७८ बाट गायक राज सिग्देललाई पुरस्कृत गर्ने शनिबार निर्णय गरेको छ । उक्त पुरस्कारको राशी सात हजार रूपियाँ छ । यस्तै गीतल प्रतिभा पुरस्कार २०७७ बाट लोकगायक शङ्कर परियार र २०७८ बाट लोकगायिका आशा बिसीलाई पुरस्कृत गर्ने निर्णय मञ्चले गरेको छ ।

गीतल राष्ट्रिय पुरस्कार तथा गीतल प्रतिभा पुरस्कारको लागि छनोटको लागि संयोजक शिव आर्य रहनुभएको थियो । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ । पुरस्कार आगामी चैत्रमा कवि क्षेत्रप्रताप अधिकारीको स्मृति दिवसको अवसरमा एक विशेष समारोहका बीच प्रदान गरिने मञ्चले जनाएको छ ।


ताजा खबर