चन्द्रागिरि डाँडामा रामदेवको योग ध्यान तथा प्रशिक्षण

योगगुरु रामदेवले शनिबार काठमाडौंको चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गराएका छन्।

चन्द्रागिरिमा रामदेवको योग प्रशिक्षण (तस्वीरहरू)

योग प्रशिक्षण कार्यक्रममा बोल्दै योगगुरु रामदेवले नेपाल वैदिक सनातन एवं धार्मिक संस्कृतिले धनी अद्वितीय देश भएको उल्लेख गरेका छन्। उनले नेपालको धार्मिक तथा आध्यात्मिक पर्यटनको भारतमा प्रचार गर्ने बताएका छन्।

“नेपाल पशुपतिनाथ, मुक्तिनाथको देश हो, यो सीता माता र भगवान् गौतम बुद्ध जन्मिएको धर्ती हो, म नेपालको यो धार्मिक तथा आध्यात्मिक पर्यटनको व्यापक प्रचार गर्छु, निःशुल्क प्रचार गर्छु,” रामदेवले भने।

उनले नेपालमा आएर यस्ता पक्षको अध्ययन गर्न तथा धार्मिक पर्यटनका साथै यहाँको हिमालय क्षेत्र र स्वच्छ हावापानीबाट लाभान्वित हुन भारतीय पर्यटकलाई आग्रह गर्ने बताए।

योगगुरु रामदेव र आचार्य बालकृष्णले जीपलाइन यात्रा पनि गरेका छन्। ‍-रासस


ताजा खबर