कृष्ण रेउलेको ‘कदम छायाँको’ सार्वजनिक : भिडियो सहित

गायक कृष्ण रेउलेले नयाँ लोकदोहोरी गीत ‘कदम छायाँको’ भिडियो सार्वजनिक गरेका छन् । उनले आफ्नै युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

गोविन्दमधुर आचार्यको शब्द तथा संगीत रहेको उक्त गीतमा गायक रेउले र कोपिला गौतमको संयुक्त आवाज रहेको छ । त्यस्तै गीतको भिडियोमा गम्भीर बिष्टले निर्देशन गरेका छन् भने निर्देशक बिष्ट, सरोज प्रजा र कबिता नेपालीको अभिनय छ । ज्ञानेन्द्र शर्माले क्यामेरामा कैद गरेको उक्त भिडियो नबिन निरौलाको सम्पादन रहेको छ ।

युवा युवतीबिचको प्रेम प्रसङ्गलाई जोडेर फरक धारको गीतले मौलिकतालाई प्राथमिकता दिएको गायक रेउलेले बताए । ‘यस गीत अरु भन्दा फरक र भिडियोमा पनि सोही अनुसार चित्रण गरिएको छ, दर्शक स्रोताको माया गीतले पक्कै पाउनेछ’, उनले भने ।

यसभन्दा अगाडि लोकदोहोरी क्षेत्रका विभिन्न किसिमका दर्जनौं गीत बजारमा ल्याईसकेका गायक रेउले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको वर्तमान केन्द्रिय सदस्य पनि हुन् ।


ताजा खबर