राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२ गते गरिने

सरकारले आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय सभाका मनोनीत एकसहित २० जना सदस्यको पदावधि आउँदो फागुन २० मा सकिँदैछ । सरकारले रिक्त हुने पदमा माघ १२ गते नै निर्वाचन गर्ने भएको हो ।

निर्वाचन आयोगले माघ १० गते अगावै निर्वाचन मिति तोक्न सरकारसँग आग्रह गरेको थियो ।


ताजा खबर