डा.चन्द्रमणी पौडेललाई एफएससिएआइ फेलोसिप

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणी पौडेललाई अमेरिकाको विशेष फेलोसिप प्रदान गरिएको छ ।

अमेरिकाका मुटुरोग विशेषज्ञहरुको समाज ‘सोसाइटि फर कार्डियो भाष्कुलर एन्जिओग्राफी एण्ड इन्टरभेन्सन’ ले ‘एससिएआइ-२०२१’ भर्चुअल कन्भोकेशनमा उहाँलाई ‘फेलो अफ दी सोसाइटि फर कार्डियो भाष्कुलर एन्जिओग्राफी एण्ड इन्टरभेन्सन’ (एफएससिएआइ) फेलोसिप प्रदान गरेको हो ।

डा. पौडेलले मुटुरोग उपचारका क्षेत्रमा खासगरी इन्टरभेन्सनल कार्डियोलोजिको अध्ययन,अध्यापन र अनुसन्धानमा पुर्याउनुभएको विशेष योषदानको कदर गर्दै सोसाइटिले सो फेलोसिप प्रदान गरेको समाचारमा जनाइएको छ ।

डा. पौडेलले आफ्नो अफिसियल फेसबुक वालमा फेलोसिप अवर्ड समारोहको भर्चुअल कन्भोकेशनको भिडियो र तस्वीरहरु सहितको स्ट्याटस पोष्ट गर्नुभएको छ ।

स्याङ्जा जिल्लाका डा. पौडेलले स्थानीय हिमालयन बोर्डिङ स्कुलवाट विद्यालय शिक्षा हाँसिल गर्नुभएको हो । उहाँले काठमाडौं विश्वविद्यालय अन्तर्गतको नेपालगञ्ज मेडिकल कलेजवाट एमविविएस सकेपछि महाराजगञ्ज स्थित चिकित्सा शास्त्र अध्ययन संस्थानवाट इन्टरनल मेडिसिनमा एमडि, कार्डियोलोजिमा डिएम गर्नुभएको छ र इन्टरभेन्सनल कार्डियोलोजिमा फेलोिसिप गर्नुभएको छ ।

डा.पौडेल हाल चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जमा एसोसिएट प्रोफेसर तथा इन्टरभेन्सनल कार्डियोलोजिष्टका रुपमा कार्यरत हुनुहुन्छ । त्यसैगरी नेपालमा निजि क्षेत्रवाट संचालित अग्र पङ्तिको स्वास्थ्य सेवा प्रदायक ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा सिनियर कन्सल्ट्यान्ट इन्टरभेन्सनल कार्डियोलोजिष्टका रुपमा कार्यरत हुनुहुन्छ ।


ताजा खबर