बरिष्ठ गायक कुमार बस्नेतले ल्याए ‘लान पाउदैनौं’ : भिडियो सहित

बरिष्ठ गायक कुमार बस्नेतले नयाँ गीत ल्याएका छन् । ‘छोरी भन्दा आमा तरुनी’ गीतका गायक बस्नेतले मृत्युपछि मानिसले केहि पनि नलैजाने भन्दै मानवीय भावना बोकेको ‘लान पाउदैनौं’ गीत ल्याएका छन् ।

गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक बस्नेतकै रचना रहेको गीतले बाँचुन्जेली मरी मरी आर्जन गरेको धन सम्पत्ति मरेपछि लान नमिल्ने कुरालाई ब्यंग्यात्मक तरिकाले प्रस्तुत गरेका छन् ।

मरेपछि हिरामोती सुन चाँदी जे भए पनि सँगै लैजान नमिल्ने आशय ब्यक्त गरिएको गीतमा संगीत स्व. बिजु बज्राचार्यको रहेको छ । संगीत असीस्ट मनेन्द्र कुमारले गरेको गीतको निर्देशन राज कुमार तिमिल्सिनाले गरेका हुन् । अशोक कुमार बस्नेतले छायाङ्कन गरेको गीतको भिडियोको सम्पादन  केशव अधिकारीले गरेका हुन् ।


ताजा खबर