मैत्रीपूर्ण शृङ्खलामा नेपाली महिला क्रिकेट टोलीको जित

नेपाली महिला क्रिकेट टोलीले मंगलबार भएको मैत्रीपूर्ण शृंखलाअन्तर्गत पहिलो खेलमा एक सय १९ रनको जित हासिल गरेको छ ।

निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ४६ रन बनाएको नेपाली महिला टोलीले दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कतारलाई ११.५ ओभरमा २७ रनमा रोक्यो ।

कतारलाई सानो स्कोरमा रोक्ने क्रममा नेपालका लागि कप्तान रुविना क्षेत्रीले तीन विकेट लिइन भने कविता कुँवर र सिता राना मगरले दुई दूई तथा करुणा भण्डारीले एक विकेटमा नाम लेखाइन ।

विश्वकप छनोटको तयारीका लागि खेलिएको तीन ट्वान्टी २० खेलको शृंखलाअन्तर्गत पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ४६ रन जोडेको थियो ।

नेपालकी इन्दु बर्माले सर्वाधिक ५५ रन जोडिन् । इन्दुले ४७ बलमा पाँच चौका प्रहार गरिन् । त्यस्तै सिता राना मगरले ३९ र सरिता मगरले २१ रन जोड्दा कप्तान रुविना क्षेत्री भने शुन्य रनमै पवेलियन फर्किइन् ।

कतारकी एन्जेलिना मरे र सबिजा पनायनले समान एक विकेट हात पारे । 


ताजा खबर