टी-ट्‍वान्टी विश्वकप क्रिकेटको उपाधी अष्ट्रेलियाले जित्यो

आइसीसी टी-ट्‍वान्टी विश्वकप २०२१ को फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले पहिलो पटक विश्वकप उपाधी उचालेको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ४८ रनमा सर्वाधिक ८५ रनको योगदान दिएका थिए । जितका लागि १७३ रनको बलियो लक्ष्य लिएर ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै सानदार जीत निकालेको हो ।

अष्ट्रेलियाका मिचेल मार्श २० वलमा छ चौका र चार छक्कासहित सर्वाधिक ७७ रनमा अविजित रहे । अर्का ओपनर ब्याट्सम्यान डेविड वार्नरले ३८ वलमा चार चौका र तीन छक्कासहित ५३ रनको पारी खेलेका थिए ।

समग्रमा अष्ट्रेलियालाई पहिलोपटक टी-ट्‍वान्टी विश्वकप उपाधी जिताउन उत्कृष्ट प्रदर्शन गरेका डेविड वार्नरलाई सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको थियो ।

अष्ट्रेलिया सुपर १२ को समूह एकमा पाँच खेलमा चारमा जीत र एकमा हारसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा इङ्ल्याण्डलाई पाँच विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको अष्ट्रेलियाले फाइनलको उपाधी समेत उचाल्न सफल भएको हो ।-एएनआई


ताजा खबर