८-० को सानदार जितसहित फ्रान्स विश्वकपमा छनोट

फ्रान्सले शनिबार काजाकिस्तानमाथी ८–० को शानदार जितसँगै कतार विश्वकप २०२२ को टिकट पक्का गरेको छ ।

फ्रान्सको जितमा एमबाप्पेले चार, करिम बेन्जेमाले दुई तथा एड्रियन र्याबिओट र एन्टोनियो ग्रिजमनले एक गोल गरे ।

विश्वकपको युरोपियन छनोटअन्तर्गत समूह ‘डी’ को शीर्ष स्थानमा रहेको फ्रान्सले सात खेलबाट १५ अंक जोडेको छ । त्यस्तै आठ खेलबाट तीन अंक जोडेको काजकिस्तान भने तालिकाको पुछारमा छ ।

फ्रान्सले छनोटको अन्तिम खेलमा मंगलबार फिनल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।


ताजा खबर