वुमन फ्रेन्डसिप टी-२० सिरिज नेपालले जित्यो

नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले बंगबन्धु बीकेएसपी कप वुमन फ्रेन्डसिप टी–२० सिरिज जितेको छ ।

बुधवार बङ्गलादेशको बीकेएसपीको टिमलाई ७ विकेटले पराजित गर्दै नेपालको महिला क्रिकेट टिमले सिरिज २–१ ले जितेको हो । विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपाली टिम बङ्गलादेशमा बन्द प्रशिक्षणका लागि गएको थियो ।

बङ्गलादेशमा रहँदा नेपाली टिमले प्रशिक्षणसँगै सिरिज अन्तर्गत तीन मैत्रीपूर्ण खेल समेत खेल्यो । पहिलो खेल २४ रनले जितेको नेपालले दोस्रो खेल ५ विकेटले गुमाएको थियो । अन्तिम खेलमा ७ विकेटको जित निकाल्दै नेपालले सिरिज आफ्नो पक्षमा पार्‍यो ।

घरेलु टोलीले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्य नेपालले १४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो । काजल श्रेष्ठ १०, सिता राना ५, इन्दु वर्मा ६ रनमा आउट भए । सरिता मगर१३ र कविता जोशीले १४ रन अविजित रहँदै जोडे ।

सुरुवाती ब्याटिङ गरेको बीकेएसपीले १६ दशमलव ५ ओभरमा अलआउट हुँदै ५३ रन जोड्यो ।

नेपालका लागि रुबिना क्षेत्रीले ४, करुणा भण्डारीले २ विकेट लिइन् । कविता कुवर र सिता रानाले १ विकेट लिए । तेस्रो खेलकी म्यान अफ दी म्याच बनेको नेपाकी कप्तान रुबिना क्षेत्री प्लेयर अफ दी सिरिज समेत घोषित भइन् ।


ताजा खबर