अमेरिकी राजदूत बेरी छठ पर्व मनाउन जनकपुरमा

नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु. बेरी छठ पर्व मनाउनको लागि धार्मिक सहर जनकपुर पुगेका छन् । उनले छठ घाट पोखरीमा बसेर तस्विरसमेत सार्वजनिक गरेका छन् । उनीसँगै युएसआईडीकी निर्देशकपनि जनकपुर पुगेकी छिन् ।

Image

राजदूत बेरीले जनकपुर पूनः आउन पाउँदा भाग्यमानी भएको महशुस गरेको पनि उल्लेख गरेका छन् । साथै, छठ पर्व मनाएको हेर्न पाएको भन्दै उनले कृतज्ञता व्यक्त गरेका छन् । उनले सो अवसरमा ठेकुवा र पुरी पनि खाएको उल्लेख गरेका छन् । राजदूत बेरीले छठ पर्व मनाउने सबैमा शुभकामना भनेका छन् ।


ताजा खबर