आज ४ सय ४० मा कोरोना भाइरसको संक्रमण पुष्टि

कोरोना संक्रमित मध्ये ६ जनाको मृत्यु

 देशभरि आज ४ सय ४० कोरोना संक्रमित थपिएका छन् । 

६ हजार ८ सय १४ नमुना परीक्षण गर्दा ४ सय ४० मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा ४ सय ७४ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको भएको दर ९७ दशमलव ७ प्रतिशत छ । 

आज कोरोनाबाट संक्रमित मध्ये ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ६० पुगेको छ । 

नेपालमा ७ हजार ५ सय १९ कोरोनाका सक्रिय सङ्क्रमितले उपचार गरिरहेका छन् । 


ताजा खबर