राष्ट्रिय वाणिज्य बैङ्क र सैनिक कल्याणकारी कोषबिच सम्झौता

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको समुपस्थितिमा भएको सम्झौता पत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी आनन्दकुमार अधिकारीले हस्ताक्षर गर्नुभएको छ । 

उक्त सम्झौता भएपश्चात् सैनिक सेवामा न्यूनतम १० वर्ष सेवा अवधि पुरा गरेका सकल दर्जाहरूलाई कोषको सिफारिसमा अधिकतम २५ लाख रुपैंयासम्म बैङ्कको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधीनमा रही बैङ्कले सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्नेछ । 

प्रतिस्पर्धाको आधारमा छनौट भएको राष्ट्रिय वाणिज्य बैङ्कले आधार दरमा न्यूनतम प्रिमियम लिई सो मा कोषले समेत अनुदान प्रदान गरी वार्षिक ३.३२ प्रतिशतमा घर खरिद वा घर निर्माण गर्न अधिकतम १५ वर्षसम्म(थप एक वर्ष निर्माण अवधि प्रदान गर्ने गरी) को लागि सकल दर्जाहरूलाई कर्जा प्रवाह गरिने छ । सम्झौता बमोजिम कोषले बैङ्कलाई निक्षेप समेत उपलब्ध गराउने छ । 

यस सम्झौता पश्चात् नेपाली सेनाका बहालवाला सकल दर्जाहरूको आफ्नै आवासको व्यवस्था भई सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने विश्वास गरिएको छ । 


ताजा खबर