कुमारी बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न

कुमारी बैंक लिमिटेडको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।

सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/०७८ को लागि ६ प्रतिशत बोनश शेयर तथा बोनश शेयरवापत लाग्ने कर प्रयोजनको लागि समेतगरी २ दशमलव ६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । बोनश शेयर जारी पश्चात् कम्पनीको चुक्ता पूँजी १४अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँ हुनेछ ।

आर्थिक वर्ष २०७७/७८ को आषाढ मसान्तसम्म कम्पनीले कुल निक्षेप १५७ अर्ब १७ करोड परिचालन तथा कुल कर्जा रकम १४३ अर्ब ७७ करोड रुपैयाँ प्रवाह गरी सञ्चालन मुनाफा ३ अर्ब १९ करोड तथा १ अर्ब ९७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।


ताजा खबर