आज ३९० कोरोना संक्रमित थपिए : पाँच जनाको मृत्यु

देशभरि आज थप ३ सय ९० कोरोना संक्रमित थपिएका छन् । 

५ हजार २६ नमुना परिक्षण गर्दा ३ सय ९० मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा ४ सय २५ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणबाट अहिलेसम्म ७ लाख ९५ हजार ८ सय २२ जना निको भएका छन् । 

आज कोरोनाबाट संक्रमित मध्ये पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ५३ पुगेको छ । 

नेपालमा ७ हजार ६ सय ५४ कोरोनाका सक्रिय सङ्क्रमितले उपचार गरिरहेका छन् । 

यसैगरी, काठमाडौँ उपत्यकामा १ हजार ५ सय ६८ सक्रिय सङ्क्रमितले उपचार गराइरहेका छन् ।  जसमा काठमाडौँमा ५ सय ६३, भक्तपुरमा ५ सय २ र ललितपुरमा ५ सय ३ रहेका छन् । 

No photo description available.

ताजा खबर