२४ घण्टामा १४३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । एक हजार ९८० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, ३५३ जनाको एन्टीजेन परीक्षण गरिएकोमा दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५६३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा नौ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४४८ पुगेको छ । त्यस्तै नेपालमा हाल सात हजार ७१३ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ताजा खबर