तिहारको शुभकामना

शोभा पाण्डेय/सिलवाल

फूलबारीमा फूल फुल्यो, तिहार पर्व आयो

दिदीबहिनी दाजुभाइको ,मनै हर्षित भयो । 

 दाजुभाइलाई सप्तरङ्गी, टीका लगाउँदा 

मखमलीको मालासँगै, आशीर्वाद दिँदा  ।

दूबो झैँ मौलाउनू , सगर झैँ अटल हुनू 

जीवनमा नदी जस्तै , सधैँ अघि बढ्नू ।

हारहरूलाई जित्‍नू  सधैँ , पहिरिनू हार 

संसारका सारा पीडा  ,लगाउनू पार ।

उठ्दा अझै माथि पुग्‍नू , उच्च सोच राख्नू 

आँखा चिम्ली सबको मन ,पढ्न सक्ने बन्‍नू ।

आफ्ना लागि सबै जिउँछन् ,सबका लागि जिउनू 

भलो गर्दा  कालकूट विष , प्यून परे पिउनू ।

दधिची र भीष्म जस्तो , त्यागी बन्‍नू तिमी 

संसारमा आकाश जस्तै ,बनी छाउनू तिमी ।

दुःख जति दूर होऊन् , मनमा होओस् शान्ति 

रिसराग,वैमनश्य  ,नहोस् कत्ती भ्रान्ति ।

सूर्य जस्तै पिता बन्‍नू, लक्ष्मण जस्तै भाइ 

श्रवण जस्तै छोरा बन्‍नू ,राम जस्तै दाइ ।

सबै पूरा होऊन् वन्धु , उम्दा तिम्रा कामना  

तिहारको उपलक्षमा , अमित शुभकामना ! हार्दिक शुभकामना ! 


ताजा खबर