चीनद्वारा पृथ्वी विज्ञान उपग्रह प्रक्षेपण

 चीनले शुक्रबार उत्तरी शान्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पृथ्वी विज्ञान उपग्रह अन्तरिक्षमा पठाएको छ ।

गुआङ्मु नामक उपग्रहलाई लङ मार्च–६ क्यारियर रकेटले बिहान १०ः१९ मा (बेइजिङ समय) मा प्रक्षेपण गरी लक्ष्यित कक्षमा प्रवेश गरेको थियो ।

प्रक्षेपण केन्द्रका अनुसार यो लङ मार्च रकेट शृङ्खलाको ३९५ औं उडान मिसन थियो ।

चाइनिज एकेडेमी अफ साइन्सेजद्वारा विकसित, उपग्रह (SDGSAT-1)विश्वको पहिलो अन्तरिक्ष विज्ञान उपग्रह हो जुन दिगो विकासको लागि संयुक्त राष्ट्र २०३० एजेन्डाप्रति गर्न समर्पित छ ।

तीनवटा अप्टिकल पेलोडसहितको उक्त स्याटेलाइटले मानव र प्रकृति र दिगो विकासबीचको अन्तरक्रियाको अनुगमन, मूल्याङ्कन र अध्ययनका लागि अन्तरिक्ष अवलोकनका लागि डाटा उपलब्ध गराउन सक्ने एकेडेमीले जनाएको छ । –रासस / सिन्ह्वा


ताजा खबर