आज १८३ जनामा कोरोना पुष्टि : ६ सय ४९ संक्रमण

आज देशभर १ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

४ हजार ८ सय ४४ नमुनाको पिसिआर तथा ऐन्टीजेन परीक्षण गर्दा १ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै आज ६ सय ४९ संक्रमित निको भएका छन् । हालसम्म ९७ दशमलव ६ प्रतिशत संक्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । 

कोरोना संक्रमण कारण आज २ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ३८ पुगेको छ ।

आज देशभर ३ हजार ७ सय ७५ जनाले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ताजा खबर