३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि : दुई जनाको मृत्यू

आज देशभर ३ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

६ हजार ३ सय ८४ नमूनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा ३ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै आज ५ सय १८ संक्रमित निको भएका छन् । हालसम्म ९७ दशमलव ५ प्रतिशत संक्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । 

कोरोना संक्रमण कारण आज २ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ३६ पुगेको छ ।

आज देशभर ६४ हजार ३ सय ७२ जनाले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


ताजा खबर