४ सय ४७ जनामा कोरोना पुष्टि : संक्रमित ७ जनाको मृत्यु

बुधवार देशभर ४ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

९ हजार ९ सय १३ नमुनाको पिसिआर तथा ऐन्टीजेन परीक्षण गर्दा ४ सय ४७ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै ४ सय ३९ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म ९७ दशमलव ५ प्रतिशत संक्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । 

कोरोना संक्रमण कारण ७ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ३४ पुगेको छ ।

देशभर ९७ हजार ७० जनाले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


ताजा खबर