यू१९ महिला क्रिकेट टोली चीनतर्फ : बी एण्ड आर कप क्रिकेट प्रतियोगितामा सहभागि हुने

चीनमा अर्को साता सुरु हुने यू१९ महिला बी एण्ड आर कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली महिला टोली त्यसतर्फ लागेको छ । शुक्रबार १७ सदस्य टोली टोली चीनतर्फ लागेको हो ।

१७ सदस्य टोलीमा १४ खेलाडी ३ अफिसियल रहेका छन् । त्यसअघि एक कार्यक्रमका बीच शुक्रबारनै खेलाडीलाई औपचारिक विदाई गरिएको थियो । डली भट्ट कप्तान रहेको टोलीमा सिनियर टोलीबाट खेलि सकेकी युवा खेलाडी कविता कुँवर उप कप्तान रहेकी छिन् ।

कप्तान डली भट्टीले नेपालको लक्ष्य उपाधि जित्ने रहेको बताइन् । ‘टोली बलियो छ र सबै खेलाडी खेल्न पनि आतुर छन् । देशको लागि ट्रर्फिनै जित्ने लक्ष्य छ । विपक्ष्यको बारे त्यति थाहा छैन’,उनले भनिन् , ‘हाम्रो बलियो हतियार बलिङ हो, धेरै खेलाडी वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को अनुभव छ । जसको कारण उपाधि जित्नेमा आत्माविश्वासी छौं।’

कप्तान डलीले छोटो समय भएपनि तयारी राम्रो रहेको बताइन् । बी एण्ड आर कप कात्तिक २५ देखी ३० सम्म चीनमा चल्ने छ । राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष टोलीले उपाधि जित्ने छ । नेपाल क्रिकेट संघका पदाधिकारीले टोलीको विदाई गरेका थिए ।

खेल तालिका :

कात्तिक २५ः नेपालविरुद्ध थाईल्यान्ड

कात्तिक २६ : नेपाल विरुद्ध साउदी अरबिया, नेपालविरुद्ध चीन

कात्तिक २८ : नेपाल विरुद्ध मलेसिया

कात्तिक २९ : नेपालविरुद्ध म्यानमार

नेपाली यू१९ महिला टोली : डली भट्ट (कप्तान) ,कविता कुँवर (उपकप्तान), कृतिका मरासैनी, यशोदा विष्ट, सृष्टि जैसी, राजमती ऐरी, इश्वरी विष्ट, लक्ष्मी साउद, खुसी डंगोल, गोमा आले, ज्योती दनुवार, निङ्मा तामाङ, शिला रेग्मी, र लाखिता राजवंशी

अफिसियल टोली : अमृता पौडेल ( व्यवस्थापक), कलाम अली – प्रशिक्षक, सकुना दानी – फिजियो


ताजा खबर