पुडासैनी र एसपी आशालाई विद्वत् प्रतिभा पुरस्कार

यस वर्षको हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार वरिष्ठ कवि कञ्चन पुडासैनी र  उपन्यासकार श्रीप्रसाद घिमिरे ‘एसपी आशा’ लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
 
ज्योतिष हरिप्रसाद घिमिरेका नाममा उहाँका सुपुत्र एवं अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले स्थापना गर्नुभएको पुरस्कार विसं २०६५ देखि प्रदान गर्न थालिएको हो ।

नगद रु १५ हजारसहित, दोसल्ला र अभिनन्दन पत्रले दुवै साहित्यकारलाई सम्मान गरिने समाजका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

पुरस्कार क्यान्सर रोगले पीडित एसपी आशालाई उहाँको निवासमा अर्पण गरिने र वरिष्ठ कवि पुडासैनीलाई यही कात्तिक २७ गते समाजले जोरपाटीमा आयोजना गर्ने विशेष कवि गोष्ठीमा वितरण गरिने छ । –रासस


ताजा खबर