भारतद्वारा विभिन्न देशका लागि नयाँ राजदूत नियुक्त

भारतले विभिन्न देशका लागि नयाँ राजदूतहरू नियुक्त गरेको छ । 

अहिले माल्दिभ्सको राजदूत रहनु भएका सन्जय सुधिरलाई संयुक्त अबर इमिरेट्स (यूएई)का लागि राजदूतमा नियुक्त गरिएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

उहाँ भारतको विदेश मामिला सेवामा सन् १९९३ मा प्रवेश गर्नुभएको हो । उहाँलाई माल्दिभ्सका लागि भारतीय राजदूतका रूपमा सन् २०१९ मा नियुक्त गरिएको थियो । 

त्यसैगरी स्पेनका लागि दिनेश के पटनायकलाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार उहाँ सन् १९९० मा भारतको विदेश मामिला सेवामा प्रवेश गर्नुभएको हो । उहाँ अहिले भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को महानिर्देशक हुनुहुन्छ ।

मन्त्रालयले पवन कपुरलाई रुसका लागि राजदूत बनाइएको जनाएको छ । उहाँ पनि सन् १९९० मै विदेश मामिला सेवामा प्रवेश गर्नुभएको मन्त्रालयले जनाएको छ । 

उहाँ यसअघि इजरायलका लागि राजदूत हुनुुहन्थ्यो भने किभी, लण्डन र जेनेभालगायतका ठाउँका लागि भारतीय मिसनमार्फत काम गर्नुभएको थियो । –एएनआई


ताजा खबर