४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि : ११ जनाको मृत्यु

आज देशभर ४ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

१० हजार २ सय ८७ नमुनाको पिसिआर तथा ऐन्टीजेन परीक्षण गर्दा  ४ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै आज ५ सय ५५ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म ९७ दशमलव ५ प्रतिशत संक्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । 

कोरोना संक्रमण कारण आज ११ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय २७ पुगेको छ ।

आज देशभर ८० हजार ८ सय १८ जनाले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


ताजा खबर