राष्ट्रिय वाणिज्य बैङ्कद्वारा ८ सय ५० कर्मचारी माग

सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैङ्कले आफ्ना देशभरका शाखाहरूका लागि करिब ८ सय ५० कर्मचारी माग गरेको छ ।

बैकले लोक सेवा आयोग मार्फत विभिन्न १२ पदका ८ सय ४२ स्थायी कर्मचारीको लागि आवेदन खुला गरेको हो ।

९ औँ तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक (सूचना प्रविधिसम्म)का लागि आवेदन खुला गरिएको छ । 

आवेदनमा सबैभन्दा धेरै छैटौँ तहको प्रशासनतर्फको सहायक प्रबन्धक पदमा २०० जना र त्यसपछि पाँचौँ तहको प्रशासन तर्फकै वरिष्ठ सहायक पदमा १७८ जना माग गरिएको छ ।

आवेदन अनलाइनमार्फत सोमबारदेखि भर्न सकिने छ । फाराम भर्नेको म्याद मङ्सिर पाँच गतेसम्म तोकिएको छ ।


ताजा खबर