प्रकाश र मिना बने लोक तथा दोहोरी च्याम्पियन

लोक तथा दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीले जित्नुभएको छ । 

नेपाली लोक तथा दोहोरीको क्षेत्रमा पहिलो पटक सञ्चालनमा आएको दोहोरी च्याम्पियन विजेताले ट्रफी, बिस लाख नगद र रु. एक करोडको जीवन बिमा प्राप्त गर्नुभएको छ ।

शनिबार साँझ पोखरामा भएको फाइनलमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई भोटको आधारमा पछि पार्दै प्रकाश र मिनाले उपाधि हात पार्नुभयो । 

दोहोरी च्याम्पियनको दोस्रो स्थान हासिल गर्नुभएका बालचन्द्र बराल र शोभा कार्कीले ट्रफी, १० लाख रुपैयाँसँगै ५० लाख बराबरको जीवन बिमा प्राप्त गर्नुभयो । 

सविन आचार्य र रिता रावतको टिम तृतीय स्थान हासिल गर्न सफल भएको छ भने मिना नेपाल र राजेन्द्र पाठकको टिम चौथो भएको छ । उहाँहरूले क्रमशः तीन र दुई लाख रुपैयाँ प्राप्त गर्नुभयो ।

प्रथम, द्धितिय, तृतीय र सान्त्वना स्थान प्राप्त टोलीहरूलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार प्रदान गर्नुभएको थियो ।

रासस / नेपाल टेलिभिजन


ताजा खबर