आज थप ३ सय ७२ जना कोरोना भाइरस संक्रमण पुष्टि

कोरोनाका सक्रिय संक्रमित को संख्या १० हजारभन्दा कम

कोरोनाको दोस्रो लहर सुरु भएपछि आज पहिलो पटक नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा तल झरेको छ । 

आज थप ९ सय ११ जना सङ्क्रमणमुक्त भएपछि देश भरमा गरी कोरोनाका सक्रिय सङ्क्रमितको कूल सङ्ख्या ९ हजार ५ सय २६ मात्रै रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गएको वैशाखमा कोरोना सङ्क्रमणको दोस्रो  लहर सुरु भएपछि आज पहिलो पटक सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा कम भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

यस्तै आज थप ३ सय ७२ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

आज ५ हजार ३ सय १६ नमुनाको पिसिआर परीक्षण गर्दा २ सय ९७ जना तथा २ हजार ५ सय ९५ नमुनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको छ । 

यसैगरी, आज ११ जनाको कोरोनाका कारण मृत्यु भएपछि हालसम्म कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ११ हजार ३ सय ९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

No photo description available.

ताजा खबर