थप ५४९ जनामा कोरोना संक्रमण पुष्टि : ६ जनाको मृत्यु

नेपालमा शुक्रवार ५ सय ४९ जना कोरोना भाइरसका बिरामी थपिएका छन् । 

देशका विभिन्न प्रयोगशालाबाट ७ हजार १ सय ४५ नमुनाको पिसिआर परीक्षण गर्दा ४ सय ९० जना तथा २ हजार ६ सय १ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

थप ५ सय ६९ कोरोना संक्रमित निको भएका छन् भने थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।  

हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा १० हजार १ सय ५१ जना कोरोनाका सक्रिय संक्रमित रहेको र संक्रमण निको हुने दर ९७ दशमलव ३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


ताजा खबर