राष्ट्रपतिवाट सङ्घीय संसद्को अधिवेशन अन्त्य

राष्ट्रपति बिदादेवी भण्डारीले सङ्घीय संसद्को दुवै अधिवेशनको आज राती १२ बजेदेखि अन्त्य गर्नुभएको छ । सङ्घीय संसदका महासचिव डाक्टर भरतराज गौतमले आज सूचना जारी गरी संसद्को दुवै अधिवेशन अन्त्य भएको जानकारी दिनुभएको हो ।

आज रातीदेखि अधिवेशन अन्त्य भएकोले  कार्तिक २९ गते सोमबारका लागि तोकिएको प्रतिनिधि सभाको बैठक र  असोज २५ गते सोमबार बसेको राष्ट्रिय सभाको बैठकबाट अर्को सूचनाद्वारा तोकिने मिति र समयमा बस्ने गरी स्थगित गरिएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य हुने भएकोले  प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश र राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम दुवै सभाका  सदस्यहरूलाई सूचनामार्फत जानकारी गराइएको छ ।


ताजा खबर