क्यानद्वारा राष्ट्रिय महिला क्रिकेट टिम घोषणा

आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा गरेको छ ।

क्यानले बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट टिम चयन गरेको हो टिमको प्रमुख प्रशिक्षकमा जगत टमाटा र व्यवस्थापनमा जयन्ती भट्ट हुनुहुन्छ । आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोट संयुक्त अब इमिरेट्समा आगामी नोभेम्बरमा हुँदैछ । सो छनोट प्रतियोगितामा नेपालसहित आयोजक युएइ, हङकङ, भुटान, कुवेत र मलेसिया पनि रहेका छन् ।

नेपाली टिममा रुविनासहित डली भट्ट, सीता रानामगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई रहेका छन् । सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिकमा राखिएको छ ।


ताजा खबर