युरोपेली देशका ऊर्जा मन्त्रीहरूको बैठक सम्पन्न

 युरोपेली देशका ऊर्जा मन्त्रीहरूको बैठक मङ्गलवार लक्जम्बर्गमा सम्पन्न भएको छ । 

सो बैठकमा उहाँहरूले हालैका दिनहरूमा विश्वमा ऊर्जामा भएको मूल्य वृद्धिका विषयमा कुराकानी गर्नुभएको थियो । 

उहाँहरूले हाल विश्वमा ऊर्जाको मूल्य वृद्धि भइरहेको विषयमा छलफल गर्दै आगामी दिनमा मूल्य वृद्धि हुन नदिन यसका उपायहरूका बारेमा आवश्यक छलफल गरेको बताइएको छ । 

उहाँहरूले सो छलफलका क्रममा जलवायु परिवर्तनसम्बन्धी नीतिहरूको पनि समीक्षा गर्नुभएको थियो । साथै विश्वमा जलवायु परिवर्तनको असर कम गर्नका लागि स्वच्छ ऊर्जाको प्रयोग पनि ऊर्जाको मूल्य वृद्धि रोक्नका लागि एक उपाय हुन सक्ने विषयमा छलफल गर्नुभएको थियो । 

विश्वमा ऊर्जाको खपत बढिरहेका अवस्थामा वैकल्पिक एवं स्वच्छ ऊर्जा प्रयोगका सम्भावनाहरूको खोजी गर्नुका साथै जलवायु परिवर्तनको असर के कसरी कम गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्नुभएको थियो । 


ताजा खबर