नेप्से ७८.८२ अंकले बढ्यो : मंगलबार ६ अर्ब ३१ करोडको कारोबार

मंगलबार शेयर बजार परिसूचक (नेप्से) ७८.८२ अंकले बढेको छ। 

२६७८.८६ बिन्दुबाट शुरू भएको बजार क्रमशः उकालो लाग्दै २७५१.०७ बिन्दुमा पुगेर रोकिएको हो। 

आज २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ६ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

बेस्ट फाइनान्स कम्पनी, नाग्दी ग्रुप पावर, खानीखोला हाइड्रो, राधी विद्युत् कम्पनी लगायत दर्जन कम्पनीमा सकारात्मक सर्किट लागेको छ। 

आज होटल तथा पर्यटन उपसमूहको सूचक ७.५१ प्रतिशतले उकालो लागेको छ। त्यसैगरी ब्यांकिङ उपसमूहको सूचक २.४४, विकास ब्यांक ३.७७, फाइनान्स ५.६१, जलविद्युत्‌को सूचक ४.३३ प्रतिशतले बढेको छ। 

मंगलबार लगानी उपसमूहको सूचक ४.५०, जीवन बीमा ३.३४, निर्जीवन बीमा २.६५ र उत्पादन उपसमूहको सूचक २.७८ प्रतिशतले बढेको छ। 
थप सामग्री : https://www.himalkhabar.com/news/126279


ताजा खबर