थप ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि : ११ को मृत्यु

आज देशभर ६ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

१२ हजार २० नमूनाको पिसिआर तथा ऐन्टीजेन परिक्षण गर्दा ६ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै आज ६ सय २२ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म ९७ दशमलव ३ प्रतिशत संक्रमित निको भइसकेका छन् । 

कोरोना संक्रमण कारण आज ११ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय ७२ पुगेको छ ।


ताजा खबर