अमेरिकाले अनुदान दिएको कोभिडविरुद्धको फाइजर खोप नेपाल आइपुग्यो

अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको एक लाख ६२० डोज कोभिड खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप कतार एयरवेजको विमानबाट सोमबार बिहान काठमाडौँ आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

फाइजर खोप एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्नेछ । अनुदानमा आएको खोप सुरुमा १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अमेरिकाबाट एक लाख ६२० डोज फाइजर खोप नेपाल आइपुग्यो

ताजा खबर