आज थप ५ सय ५७ संक्रमित थपिए : ३ जनाको मृत्यु

देशभर १०,२०१ जना कोरोनाका सक्रिय संक्रमित

देशभरि आज ५ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । 

७ हजार ६ सय २५ नमुनाको परिक्षण गर्दा ५ सय ५७ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । 

आज १० वर्षमुनिका ९ जना बालबालिकामा संक्रमण पुष्टि भएको छ भने सबैभन्दा धेरै १ सय २१ जना ३१ देखि ४० वर्षका उमेर समूहमा संक्रमण  भएको हो ।  

गएको २४ घण्टामा ८ सय ७७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार कोरोनाबाट निको भएको दर ९७ दशमलव ३ प्रतिशत छ । 

आज कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय ४८ पुगेको छ । 

देशभर १० हजार २ सय १ जना कोरोनाका सक्रिय सङ्क्रमितले होम तथा संस्थागत आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् । काठमाडौँ उपत्यकामा २ हजार ३ सय ९३ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेका छन् । 

जसमा काठमाडौँमा १२ सय ८३, भक्तपुरमा ५ सय ५६ र ललितपुरमा ५ सय ५४ सक्रिय सङ्क्रमितले होम तथा संस्थागत आइसोलेसनमा रहेर उपचार गरिरहेको मन्त्रालयले जनाएको छ । 


ताजा खबर