थप ८ सय १७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त

आजथप ८ सय १७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९७ दशमलव ३ प्रतिशत पुगेको छ ।

यस्तै आज थप ५ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । 

आज ४ हजार ९ सय ७२ नमूनाको पिसिआर परीक्षण गर्दा ४ सय ३८ जना तथा १ हजार ९ सय ५९ नमूनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

त्यस्तै आज थप ८ जनाको मृत्यु भएपछि हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ११ हजार ३ सय ४५ पुगेको छ । 


ताजा खबर