‘मूल्यमा होइन सेवा र नवीनतामा प्रतिस्पर्धा गर्नुहोस्’

अलिबाबा समूहका संस्थापक ज्याक मा को जन्म १० सेप्टेम्बर १९६४ मा चीनमा भएको थियो । ज्याक मा को अर्को नाम मा युन हो । आज, ज्याक माको सम्पत्तिको विश्वभर चर्चा हुन्छ । उनै ज्याक मा जो कलेजको परीक्षामा ३ पटक फेल भए र चीनका धेरै कम्पनीहरूले उनलाई अयोग्य घोषणा गरेर जागिर दिएनन् । आज ज्याक मा विश्वको धनी मानिस मध्ये एक हुन् । जागिर नपाएपछि, ज्याक माले आफ्नो संघर्ष जारी राखे र १९९८ मा अलीबाबाको स्थापना गरे ।

करियर :
ज्याक माको करियरको शुरुवाती दिनहरु निकै चुनौतीपूर्ण रह्यो । ज्याक मा ले ३० वटा गरी विभिन्न ठाउँमा कामको लागि आवेदन दिए, तर प्रत्येक पटक उनी निराश भए । ज्याक मा ले सर्वप्रथम प्रहरीका लागि आवेदन दिएका थिए । त्यसमा उनले बेजतीका साथ स्पष्ट हार पाए । यस पछि, जब केएफसी पहिलो पटक आफ्नो शहरमा आयो उनले केएफसीमा पनि जागिरका लागि गए । जसमा २४ जनाले आवेदन दिएका थिए, जसमध्ये २३ व्यक्तिहरू छानिएका थिए तर एकमात्र ज्याक मा भने चयन भएनन् । यसरी ले ज्याक माले आफ्नो करियरको सुरुवातमा ज्यादै कष्ट भोगे ।

ज्याक मा ले १९९४ मा पहिलो पटक इन्टरनेटको नाम सुने । १९९५ को सुरुवातमा उनी आफ्नो साथीहरूको सहयोग लिएर अमेरिका गए जहाँ उनले पहिलो पटक इन्टरनेट देखे । ज्याक माले पहिले कहिल्यै इन्टरनेट चलाएका थिएनन्, जब उनले पहिलो पटक इन्टरनेट चलाए उनले “बियर“ शब्द खोजे । उनले विभिन्न देशबाट बियर सम्बन्धी धेरै सूचनाहरू प्राप्त गरे, तर उनीहरूले त्यो खोजीमा चीनको नाम नभएको देखेर छक्क परे । अर्को पटक उनले चीनको बारेमा सामान्य जानकारी खोज्ने प्रयास गरे तर उनी चीनको बारेमा इन्टरनेटमा कुनै जानकारी उपलब्ध नहुँदा आश्चर्यमा परे ।

अलीबाबा कम्पनीको शुरुवात :
केही दिन सरकारी काम गरिसकेपछि उनी गाउँ फर्के र आफ्ना १७ जना साथीलाई लगानी गर्न राजी बनाए । यसरी उसले आफ्ना साथीहरूसँग मिलेर “अलिबाबा“ कम्पनीको स्थापना गरे । प्रारम्भिक अवधिमा, यस कम्पनी कार्यालयले आफ्नै अपार्टमेंट निर्माण गर्‍यो । त्यसबेला उनीसँग साथीहरूको लगानी बाहेक अरू कुनै पूँजी थिएन, तर १९९९ सम्ममा केही अन्य कम्पनीहरूको सहयोगमा उनको लगानी बढेर २४ मिलियन डलर भयो ।
चिनियाँ जनताको विश्वास जितेर र उनीहरूलाई इन्टरनेटमा व्यापार गर्न सिकाए पछि, यो कम्पनी विश्वको सबैभन्दा ठूलो कम्पनी बन्न सफल भएको छ । एउटा सानो गाउँको केटाको यात्रा जसको खर्च गर्न एक रुपैयाँ पनि भएन, त्यही व्यक्ति केहि गर्न गर्ने उत्कृट चाहनाका कारण यति ठूलो कम्पनी स्थापना गर्न सफल भयो । उनी केहि गर्न इच्छुक थिए र सबैभन्दा महत्वपूर्ण कुरा त उनी हरेक समय केही नयाँ चीजहरू जान्ने उत्सुकता देखाउथे । उनी कैयौ पटक असफल भएर पनि आज सफलताको उच स्तरमा छन् ।

ज्याक मा अमेरिका गए :
ज्याक मा ले १९९४ मा पहिलो पटक इन्टरनेटको नाम सुने । ज्याक मा १९९५ मा इन्टरनेटको बारेमा सिक्न आफ्ना साथीहरूको सहयोग लिएर अमेरिका गएका थिए । अमेरिकामा उनले पहिलो पटक इन्टरनेट देखे र चलाए । उनले पहिलो पटक इन्टरनेटमा बियर शब्द खोजे । जहाँ उनले कैयौ वेबसाइटहरूबाट बियर शब्दको बारेमा धेरै जानकारी प्राप्त गरे । जब उनले राम्रोसँग ध्यान दिए, उनले इन्टरनेटमा चिनियाँ भाषामा यसको बारेमा कुनै जानकारी नपाउँदा आश्चर्यमा परे ।

उनले चीनको देशको बारेमा इन्टरनेटमा पनि खोजी गरे जसको बारेमा उनले इन्टरनेटमा खोजी गरेर केहि पनि फेला पार्न सकेनन् । ज्याक आफ्नो देशको जानकारी इन्टरनेटमा नहुँदा अत्यन्तै दुःखी थिए । उनलाई टेक्नोलोजीको क्षेत्रमा चीन अन्य देशहरू भन्दा धेरै पछाडि भएको लाग्यो । यसरी, ज्याक मा र उनका अमेरिकी साथी मिलेर चीनको बारेमा जानकारी भएको पहिलो वेबसाइट बनाए । बनाएको केहि घण्टामा नै ज्याक मा ले केही चिनियाँ व्यक्तिहरूबाट ईमेलहरू प्राप्त भयो । यो देखेर, ज्याक मा लाई इन्टरनेटको शक्ति बारे थाहा भयो ।

Jack Ma appears in new video in first public appearance for three months

ज्याक मा को अनमोल बिचार

  • तपाईको खराब दिनहरूमा धेरै केन्द्रित हुनुपर्दछ र तपाईको शक्तिलाई होइन तपाईको दिमागमा भरोसा राख्नुपर्दछ ।
  • तपाईंले आफ्नो विपक्षिबाट सिक्नु पर्छ तर कहिले नक्कल नगर्नुहोस् । यदि नक्कल गर्नुहुनछ भने सम्झनुहोस् हार्नुभयो ।
    तपाईंमा धैर्य हुनु सबै भन्दा महत्वपूर्ण छ ।
  • हामीसँग कहिले पनि पैसाको अभाव हुँदैन । यदि हामीसँग केही अभाव छ भने सपना देख्नेहरूको जो उनीहरूको सपनाका लागि मर्दछन् ।
  • मूल्यहरूमा कहिले प्रतिस्पर्धा नगर्नुहोस् तर सेवा र नवीनतामा प्रतिस्पर्धा गर्नुहोस् ।
  • अरूको सफलताबाट सिक्नुको सट्टा उनीहरूको गल्तीबाट सिक्नुहोस् । धेरै व्यक्ति जो असफल हुन्छन् तिनीहरूको असफलताको कारण उस्तै हुन्छन् जबकि सफलताको लागि धेरै कारणहरू फेला पार्न सकिन्छ ।
  • म मान्छेहरुले प्रजातन्त्रको अर्थ के हो भनेर थाहा पाएको जान्न चाहन्छु ।
  • अलीबाबा एउटा प्रणाली हो जसले साना व्यवसायहरूलाई फस्टाउन मद्दत गर्दछ ।

एक कुशल तथा सफल व्यवसायीका रुपमा स्थापित ज्याक मा कुनै पनि व्यवसाय सुरु गर्न सहज नरहेको बताउँछन् । उनको नजरमा कुनै पनि व्यवसाय सुरु गरि त्यसलाई सफल र दिर्घकालीन बनाउनको लागि यस्ता कुरामा ध्यान पुर्याउनुपर्छ :

आफुले सुरु गरेको कामप्रतिको लगाव
आफ्नो कम्पनि, व्यवसाय र उत्पादनप्रति सुरुमा आफूलाई लगाव हुनु जरुरी हुन्छ । आफ्नो उत्पादनलाई आफूले राम्रो नदेखेसम्म अरुले मन पराउँछ भनेर सोच्नु उपयुक्त हुँदैन । आफ्नो उत्पादन तथा सेवा राम्रो छ र उपभोक्तामाझ यसले लोकप्रियता कमाएरै छोड्छ भन्ने किसिमको सकारात्मक सोचाई लिएर अघि बढ्नु अत्यावश्यक हुन्छ । अरुको भलो चाहने मानिसहरु मात्रै सफल हुन सक्छन् भन्ने मेरो बुझाई छ । एक पटकको असफलतामा हार मान्नु भनेको सबैभन्दा ठूलो मूर्खता हो । आफ्नो जीत या हारभन्दा पनि उपभोक्ताले तपाईँको उत्पादन कति मन पराए, यसका ध्यान दिनुस् । 

उपभोक्ताको चाहनाअनुरुप उत्पादन तथा वितरण
सुरुमा कुनै पनि व्यवसाय कसरी गरिनुपर्छ भन्ने कुराको सामान्य जानकारी भइसकेपछि त्यसलाई कसरी व्यवहारमा ल्याउने भन्ने कुराको मनन गर्नुपर्दछ । साना व्यवासयका लागि के पृथकता ल्याउन सकिन्छ, उपभोक्तासँग सम्पर्क कसरी बढाउन सकिन्छ लगायतका कुरामा पहिले नै विचार गर्नुपर्छ । आफूले प्रदान गर्न चाहेको वस्तु तथा सेवाको खाँचो र महत्व कस्ता उपभोक्तालाई हुन सक्छ भन्ने कुराको जानकारी राख्नुपर्दछ । व्यवसाय गर्नु भनेको खरिद विक्रिको प्रक्रिया मात्र नभएर उपभोक्तासँगको सम्बन्धलाई कायम राख्नु तथा विस्तार गर्नु पनि हो । आफ्नो उत्पादन मन पराउने उपभोक्ता तपाईँका लागि सबैभन्दा महत्वपूर्ण हो भन्ने भावनाका साथ काम गर्नु एकदमै जरुरी हुन्छ । 

आफ्नो उत्पादनलाई सकेसम्म उत्कृष्ट बनाउने अठोट
कुनै पनि उत्पादनलाई कस्तो बनाउँदा उपयुक्त हुन्छ भन्ने कुरा त्यसको प्रयोगकर्तालाई सबैभन्दा बढी थाहा हुन्छ । तपाईँको व्यवसायमा पनि यही कुरा लागू हुन्छ । त्यसैले, आफूले उपलब्ध गराइरहेको सेवा तथा वस्तु कतिको उपयोगी तथा प्रभावकारी छ, यसका कमजोरीहरु केके छन् र केके सुधार गर्दा उपयुक्त हुन्छ भन्ने कुराको निक्र्यौल प्रयोगकर्ताकै प्रतिक्रियाअनुसार गर्दा राम्रो हुन्छ । यसले उपभोक्ताहरुमाा तपाईँको विश्वसनियता बढाउनमा समेत मद्धत पुर्याउँछ । आफ्नो गल्तीहरुबाट पाठ सिकेर अघि बढ्यो भने कुनै पनि व्यवसायमा सफलता पाउन सकिन्छ । –रोयटर्स


ताजा खबर