५४५ जनामा कोरोना पुष्टि : ७२६ जना सङ्क्रमणमुक्त

 आज कोरोना भाइरसका ७ सय २६ जना सङ्क्रमणमुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव २ प्रतिशत पुगेको छ ।

यस्तै, आज थप ५ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । आज ६ हजार ५ सय ८६  नमुनाको पिसिआर परीक्षण गर्दा ४ सय ७० जना तथा १ हजार ९ सय ६३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

त्यस्तै, आज थप ८ जनाको मृत्यु भएपछि हालसम्म कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ११ हजार ३ सय २६ पुगेको छ । 

मन्त्रालयको तथ्याङ्क अनुसार आज नेपालमा ११ हजार ३ सय १५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

सक्रिय संक्रमित मध्ये १० हजार ५ सय ३० जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी ७ सय ८५ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेका छन् । 

No photo description available.

ताजा खबर