उपमेर कप राष्ट्रिय महिला लिग छनोट फुटबल शुरु

उपमेर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगताको उद्घाटन दिन गोलको वर्षा भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो दिन बिहीबार भएको पहिलो खेलमा राष्ट्रिय खेलाडीको बाहुल्य रहेको बागमती नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई ९–० ले हराएर विजयी सुरुआत गर्यो । दोस्रो खेलमा कन्काई नगरपालिकाले गोदावरी नगरापलिकालाई १२–० ले हरायो ।

बागमतीका लागि राष्ट्रिय खेलाडी रश्मीकुमारी घिसिङले पाँच गोल गर्नुभयो । अर्की राष्ट्रिय खेलाडी रेनुका नगरकोटीले पनि दुई गोल गर्नुभयो । सदिमा ब्लोन र अनु राईले पनि एक–एक गोल गरी गोलकर्ताको सूचीमा आआप्mनो नाम लेखाउनुभयो ।

सहभागी ३१ टालीलाई दस समूहमा विभाजन गरी प्रतियोगता भइरहेको छ । यस प्रतियोगिताको विजेता र उपविजेता टिम महिला राष्ट्रिय लिगमा चयन हुनेछन् । यसैगरी, विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपियाँ पाउनेछन् । –रासस


ताजा खबर