राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा गरी प्रसाद ग्रहण

बडा दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा जानुभई नवदुर्गा भवानीको पूजा अर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभएको छ । 

राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गर्नुभएको हो ।

त्यस क्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुभएको थियो ।

हरेक बर्ष कोजाग्रत पूर्णिमाका दिन राष्ट्रपति नवदुर्गा मन्दिर सरिक भई नवदुर्गाको पूजा गरी प्रसाद ग्रहण गरेसँगै दसैँ समापन हुने गर्दछ ।


ताजा खबर