सेयर बजार आज १७ दशमलव ५९ अङ्कले बढ्यो

 दसैँ बिदापछिको पहिलो कारोबार दिन आइतबार सेयर बजार १७ दशमलव ५९ अङ्कले बढेर २ हजार ६ सय ५६ दशमलव ९७ अङ्कमा पुगेर बन्द भएको छ ।

अधिकतम २ हजार ६ सय ६५ अङ्कसम्म पुगेको सेयर बजार अन्तमा २ हजार ६ सय ५६ दशमलव ९७ अं कमा पुगेर बन्द भएको हो ।

आइतबार १३ उपसमूह मध्ये म्युचुअल लण्ड बाहेक अरू सबै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटेल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव ५१ प्रतिशतले बढेको हो ।

आइतबार भएको कारोबारमा सबैभन्दा धेरै चन्द्रागिरि हिल्लको ६ दशमलव ९७ प्रतिशतले सेयर मूल्य बढेको छ भने कारोबार रकमका आधारमा सबैभन्दा बढी नबिल बैङ्कको सेयर किनबेच भएको छ । 

नेप्से बढे पनि कारोबार रकम भने साढे एक अर्बमा सीमित भएको आइतबारको कारोबारमा कुल २ सय १८ कम्पनीको ४७ लाख ६० हजार २ सय ९५ कित्ता शेयर १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री भएका छन् । 


ताजा खबर