आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट सुरु हुँदै

युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज आइतबारबाट सुरु हुँदैछ ।

विश्वकपको पहिलो दिन आइतबार दुई खेलहरु हुनेछ । आइतबार पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् ।

ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान र पपुवाबीचको खेल ३:४५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । बंगलादेश र स्कटल्याण्डबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।

विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् ।

यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।

सुपर-१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणको समूह ‘बी’ विजेता र समूह ‘ए’ को उपविजेता यस समूहमा रहने छन् ।

यस्तै समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका,वेस्ट इन्डिज रहेका छन् । पहिलो चरणको समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता यस समूहमा रहने छन् ।

समूह चरणको खेलपछि आबुधाबीमा हुने पहिलो सेमिफाइनल नोभेम्बर १० र दुबईमा हुने दोस्रो सेमिफाइनल नोभेम्बर ११ मा हुनेछ ।

दुबईमा हुने फाइनल खेल नोभेम्बर १४ मा हुनेछ  ।


ताजा खबर