दशैं विदा सकियो : सरकारी कार्यालयहरु आजदेखि खुल्दै

दशैं विदा सकिएसँगै विभिन्न जिल्लाबाट कर्मथलो संघीय राजधानी काठमाण्डौ फर्कनेहरुको संख्या बढेको छ । दशैंमा सुनसान बनेको काठमाडौं उपत्यका दशैं विदाको अन्त्यसँगै पुन लयमा फर्किदै छ ।

काठमाडौको कोटेश्वर, कंलकी नाकाहरुमा दशै मानाएर राजधानी फर्कनेहरुको भिडभाड बढेको छ । दशैको विदा सकिएसंगै सरकारी कार्यालयहरु पनि आजबाट खुल्दै छन् ।

टीकाका दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ ।

दशैका अवसरमा फुलपातिदेखि हिजो एकादशीसम्म ५ दिन सार्वजनिक विदा थियो ।


ताजा खबर