आज थप ४ सय ५५ जनामा कोरोना पुष्टि : ८ जनाको मृत्यु

कोरोना भाइरसबाट देशभर आज थप ४ सय ५५ जना सङ्क्रमित भएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ३ हजार ४ सय १८ नमुनाको  पिसिआर परीक्षण गर्दा ३ सय ९८ जना तथा २ हजार ७ सय ९६ नमुनाको ऐन्टीजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै आज थप ८ सय ४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव ९ प्रतिशत रहेको छ । 

त्यसैगरी, कोरोना सङ्क्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार २ सय ९६ पुगेको छ । 

त्यस्तै, मन्त्रालयका अनुसार देशभर गरी १३ हजार ८ सय ५३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।


ताजा खबर