पाँच हजार भक्तजनहरूले मनकामनामा पूजा गरे

दसैँको महाअष्टमीका दिन आज गोरखा जिल्ला स्थित मनकामना मन्दिरमा पाँच हजार भक्तजनहरूले मन्दिरमा पूजा गरेका छन् । 

कोरोना सङ्क्रमणका कारण दुई वर्ष अघि देखि बन्द रहेको मनकामना मन्दिरमा एकै दिनमा सो सङ्ख्यामा भक्तजनहरू मन्दिरमा आएका हुन् । 

मन्दिरका मूल पुजारी इन्सान थापाका अनुसार रोगको सङ्क्रमण अघि चाडपर्वका समय १० हजारको सङ्ख्यामा भक्तजनहरू आउने गर्दथे । 

यो वर्ष पूजाको समयसम्म पाँच हजारको सङ्ख्यामा भक्तजनहरूले पूजा गरेको पुजारी थापाले बताउनुभयो । मनको इच्छा पुरा गर्ने देवीको रुपमा मनकामनालाई पुज्ने गरिन्छ । 


ताजा खबर