साफ च्याम्पियनसिपपछि अल्मुताइरीले राजीनामा दिने

साफ च्याम्पियनसिपपछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने घोषणा गर्नुभएको छ ।

बुधबार बंगलादेशविरुद्धको खेलपछिको माल्दिभ्सको राजधानी मालेमा भएको प्रेस कन्फरेन्समा प्रशिक्षक अल्मुताइरीले साफ च्याम्पियनसिपपछि राजीनामा दिने बताउनुभएको हो ।

अल्मुताइरीको प्रशिक्षणमा बुधबार नेपालले ऐतिहासिक सफलता हात पारेको छ । बुधबार नेपालले साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपल्ट फाइनल यात्रा तय गरेको छ ।

उहाँले भन्नुभयो– “मैले एक महिनाअघि नै राजीनामा दिइसकेको छु । अब नेपाललाई फाइनलमा पुर्याएपछि मैले टिम छोड्नेछु । त्यसपछि म नेपाल फर्किने छैन । मेरो प्रशिक्षकत्वमा नेपालले साफमा इतिहास बनायो । नेपललाई एसिया कपमा छनोट गराएँ । नेपाली फुटबल टिमप्रति नेपालले मात्र हाेइन दक्षिण एसियाले नै गर्व गर्दैछ ।”

 


ताजा खबर